काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नेपालीको गौरव भएको बताएका छन्। पुनर्निर्मित धरहराकाे उद्घाटन गर्दै उनले यो गौरवलाई पटक-पटक प्राकृतिक विपत्तिले ढलाउने गरेको बताएका हुन्।
‘मै बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत बनाउन चाहेको भए पनि त्यो सम्भव हुन नसकेको उनले बताए। २४ करोड रकम जनस्तरबाट उठेको ओलीकाे भनाइ छ।
'धरहरा हाम्रो गौरवसँग जोडिएको छ। इतिहाससँग जोडिएको छ', उनले भने, 'त्यसैले यो ढल्दा हाम्रो मन ढल्छ।'
उनले इतिहास झल्कने आधुनिकता टल्कने धरहरा तयार भएको बताए। उनले धरहरा निर्माणका लागि जमिनदेखि सबै कुरामा मसिनो तयारी गरिएको बताए। जसले गर्दा बलियो धरहरा बनेको बताए।