शुक्रबार, भदौ १२, २०८३

शुक्लाफाँटामा अतिसंकटापन्न दुर्लभ खरमयुरको गणना

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति संकटापन्न दुर्लभ खरमयुरको गणना सुरु गरिएको छ।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति संकटापन्न दुर्लभ खरमयुरको गणना सुरु गरिएको छ। खरमयुरको अवस्था, संख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमनको कार्य अगाडि बढाइएको हो।

निकुञ्जका कर्मचारी, चरा विशेषज्ञसहितको पाँचजनाको टोली खरमयुरको अवस्था पत्ता लगाउनका लागि खटिएको छ। ‘हेडकाउन्टका आधारमा गणनाको कार्य भइरहेको छ’, निकुञ्ज कार्यालयका सहायक सरक्षण अधिकृत रविन चौधरीले भने, ‘निकुञ्ज क्षेत्रभित्र विभिन्न प्वाइन्ट र पोष्टमा गणनाको कार्य भइरहेको छ।’

तीन दिन अघिदेखि थालिएको गणना तथा अनुगमनको कार्य एक साताभित्रै सम्पन्न हुने उनले बताए।

खरमयुरको बासस्थानका रूपमा रहेको घाँसे मैदान र खरका फाँटमा बर्सेनि लाग्ने डढेलोले समस्या निम्त्याउँदै आएको छ। उक्त मयुरको अधिक संख्या रहेको निकुञ्जका रुपमा यसलाई लिइने गरिन्छ। पोथी र अर्धवयस्क खरमयुर खैरो र कैलो हुने गर्दछ। यसको लम्बाइ ६६ सेन्टिमिटरसम्म हुने गर्दछ। 

प्रायः घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुद शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने यसका पोथी र बच्चा खैरा हुन्छन्। प्रजनन समयमा वयस्क भाले प्रायः कालो देखिन्छ।  पखेटा भने सेता हुन्छन्।

यसलाई अंग्रेजीमा बेङगाल फ्लोरिक्यान भनिन्छ। संरक्षणका हिसाबले यो अति संकटापन्न अवस्थामा छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले यसलाई अति संकटापन्न (रातो)  सूचीमा सूचीकृत गरेको छ। नेपाल सरकारले यसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ। सन् २०१४ मा गरिएको राष्ट्रिय चरा गणनामा यसको संख्या नेपालमा ४१ वटा रहेको पाइएको थियो। 

जसमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ९ वटा फेला परेका थिए। एक सर्भेक्षणका अनुसार नेपालमा चराको प्रजाति ८७१ रहेकोमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै त्यसको आधा ४५० प्रजाति पाइने गरेका छन्।

खरमयुरसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सारस, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुँडिफोर चरासमेत पाइन्छ। नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदान यस निकुञ्जमा छ।

विश्वकै सबैभन्दा ठूलो झुण्डका रुपमा बाह्रसिङ्गा निकुञ्जमा सहजै अवलोकन गर्न सकिन्छ। सानो क्षेत्रफलमा पाटेबाघको  धेरै घनत्व भएको क्षेत्रका रुपमा समेत निकुञ्ज परिचित रहेको छ। निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। रासस

प्रकाशित: Apr 24, 2021| 06:16 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।