काठमाडौं - दाङको घोराही उपमहानगरपालिका १५ का ६२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ।
वैशाख १ गतेदेखि आइसियूमा उपचाररत ती पुरुषको शुक्रबार राति ११:५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका ६ रजौराका ७९ वर्षीय पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो।