काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन्।
अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो। सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे। तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए।'
वैशाख ११-
— Kamal Thapa (@KTnepal) April 24, 2021
२०६३साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो।सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे।तर,आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए।
अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट,धर्मपरिवर्तन,सर्वसत्तावाद हावी भएको छ