काठमाडौं- नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीबाट निर्वाचित अर्का एक नेताको पनि राष्ट्रियसभा सदस्य पद खोसिएको छ।
राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का एमालेको अर्घाखाँची जिल्ला इन्चार्ज भएपछि माओवादीले उनले दल त्याग गरेको सूचना राष्ट्रियसभा सचिवालयमा पठाएको छ।
खड्कालाई शुक्रबार नेकपा एमालेको निर्वाचन अयोजक कमिटी बैठकले अर्घाखाँची जिल्लाको इन्चार्ज बनाएको थियो।
त्यसलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनले दल त्याग गरेको सूचना राष्ट्रियसभामा पठाएका हुन्।
यसअघि माओवादीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाको पद पनि खोसिएको थियो। उनको पद खोसिएको बागमती प्रदेशमा राष्ट्रियसभाको उप निर्वाचन आगामी जेठ ६ गतेलाई तोकिएको छ।