शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवीन्द्रराज जोशीको कोरोना रोकथाम तथा जनचेतना अभियानलाई परिवारद्वारा निरन्तरता

नवीन्द्रराज जोशीको कोरोना रोकथाम तथा जनचेतना अभियानलाई परिवारद्वारा निरन्तरता

स्वर्गीय नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुगेर कोरोना रोकथाम तथा जनचेतनाका लागि थालेको अभियानलाई परिवारले निरन्तरता दिएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं- स्वर्गीय नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुगेर कोरोना रोकथाम तथा जनचेतनाका लागि थालेको अभियानलाई परिवारले निरन्तरता दिएको छ। बुधबार उनको परिवारले स्वायम्भूनाथ मन्दिरमा १०८ दीप प्रज्वलन गरी अभियानलाई निरन्तरता दिएको हो।

कोरोना महामारी बढ्दै गएको बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामग्रीसहित घरदैलो अभियान संचालन गरेका थिए। 

मस्तिष्कघातका कारण उनको निधन भएपछि अभियान रोकिएको थियो। उनको निधन भएको महिना दिनपछि धर्मपत्नी सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियान पुनः सुरु गरेको बताइन्। अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा भएको उनको भनाइ छ। 

उनले यसअघि पनि अभियानमा सहभागी भएको भन्दै नवीन्द्रराज जोशीका सपना पूरा गर्न निरन्तरता दिइएको बताइन्। नवीन्द्रराजको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमिका रहेको र अब बाँकी जीवन उनका सपना पूरा गर्न समर्पित हुने धर्मपत्नी सपनाको भनाइ छ।

अभियानअन्तर्गत बिहीबार स्वयम्भू मन्दिर आसपासमा १५ सय मास्क तथा स्यानिटाइजर वितरण गरिएको छ। यसअघि स्वर्गीय नेता जोशीको पहलमा कोरोना संक्रमितलाई वीर र त्रिवि शिक्षण अस्पतालमा उपचारको व्यवस्था मिलाइएको थियो।

No description available.

प्रकाशित: Apr 21, 2021| 12:37 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।