मंगलबार, असोज १, २०८१

‘जहिल्यै मार्छु-मार्छु भन्थे मोहन, आखिर मारेरै छाडे’

बत्ती निभेको मौका छोपी मोहन राजभण्डारी भाउजू रोशनीको हत्या गरे। बोक्सीको आरोप लगाउँदै मोहनले रोशनीको हत्या गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन्। 
 |  आइतबार, वैशाख ५, २०७८
nespernesper

अंगद सिंह

अंगद सिंह

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- काठमाडौंको आकाशमा कालो बादल मडारिरहेको थियो। हुरीका कारण वातावरण अशान्त थियो। हावाले ठाउँठाउँमा बिजुलीको पोल ढल्दा सहरमा बत्ती त निभ्यो। सोही अँध्यारोमा रोशनीको जिन्दगी पनि कहिल्यै नफर्कने गरी बिदा भयो। 

triton college

बत्ती निभेको मौका छोपी मोहन राजभण्डारी भाउजू रोशनीको हत्या गरे। घरायसी विवादका कारण मोहनले रोशनीको हत्या गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन्। 

बस्नेतका अनुसार मोहनराजले भाउजू रोशनीको हत्या आफैंले गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए। उनी अहिले प्रहरी हिरासतमा छन्। 

लामो समयदेखि पारिवारिक समस्यामा अल्झिएका मोहनले रोशनीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बस्नेतले बताए। घटनाबारे थप अनुसन्धान गर्न मोहनराजलाई हिरासतमा राख्न म्याद थप गरिएको छ।

मृतक रोशनी राजभण्डारी। 

मोहनकी पत्नी लामो समयदेखि बिरामी छिन्। उपचार गराउँदागराउँदा उनको धेरै सम्पत्ति सकियो। तर पत्नीलाई सन्चो नभएपछि मोहनराजले माता गुहारे। 

Metro Mart
vianet

माताले उनकी पत्नीलाई बोक्सी लागेको बताइन्। त्यसपछि मोहनराजले रोशनीमाथि शंका गरे र उनीसँग बदला लिने षड्यन्त्र रच्न थालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। सोही कारण देवर र भाउजूबीच मनमुटाव सुरु भयो। 

‘घटनाबारे थप अध्ययन अनुसन्धान गर्न म्याद थप गरिसकेका छौं,' बस्नेतले भने, 'घरायसी विवादका कारण हत्या गरेको भनिए पनि अरू कारण खुल्न बाँकी छ।’

यसरी भयो हत्या
शनिबार साँझ रोशनी नजिकैको पसलबाट दूध र तरकारी किनेर घर फर्कंदै थिइन्। किराना पसले मोहन आफ्नै पसलमा मापसे गरेका बसेका थिए। हुरीका कारण लोडसेडिङ थियो।

रोशनीलाई बाटोमा देख्नेबित्तिकै मोहन उनीमाथि जाइलागे। टाउकोमा निर्मम तरिकाले रड प्रहार गरे। तरकारी र दूध छरपस्ट भयो। रोशनी 'बचाऊ बचाऊ' भन्दै नजिकैको घरभित्र छिरिन्। मोहन पछ्याएँदै गए। 

भाउजूको बिन्ती सुनेनन् मोहनराजले। घरभित्रै पसेर उनले भाउजूको टाउकोमा रड प्रहार गरे। रोशनी घाइते भएपछि मोहन रड नजिकैको झाडीमा फ्याँकेर टेकुमा आत्मसमर्पण गर्न पुगेका थिए। 

स्थानीय एक महिलाका अनुसार मोहनले रोशनीलाई घाइते बनाएपछि पसलमा ताल्चा लगाई रड झाडीमा फ्याँकेर भागेका थिए।

छड प्रहारबाट बेहोस भएकी रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। ट्रमा सेन्टर पुगेको क्षणभरमै उनको मृत्यु भएको थियो। 

रोशनीको हत्या भएपछि माइती पक्षले आइतबार मोहनविरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ। 

के भन्छन् स्थानीय/प्रत्यक्षदर्शी?
राजधानी व्यस्त मानिने बिजुली बजार क्षेत्र नजिकै मोहनराजले रोशनीको हत्या गरेका थिए। स्थानीय लीला देसारले भनिन्, ‘रोशनी  घोप्टो परेका कारण चिन्न त सकिनँ। आँगन रगताम्मे थियो। उनको प्राण त्यतिबेलै गइसकेको थियो।’

रोशनी हत्याको प्रमुख कारण बोक्सीको आरोप नै भएको अर्की एक महिलाको पनि छ। उनका अनुसार घरमा उनीहरुबीच विवाद भइरहन्थ्यो। घरमा कहिलेकाहीं प्रहरीसमेत आउने गरेको ती महिलाको भनाइ छ। 

बोक्सी आरोप लगाउँदै मोहनले लामो समयदेखि रोशनीलाई मार्ने धम्की दिँदै आएको स्थानीयको भनाइ छ। यो कुरा रोशनीले आफ्ना छिमेकीहरूलाई पनि सुनाउने गरेकी थिइन्। ‘देवर जहिल्यै मलाई मार्छु–मार्छु भन्छ, मार्छ होला,' रोशनीको भनाइ उद्धृत गर्दै स्थानीय एक महिलाले भनिन्।  रोशनीले ती महिलासँग आफू कौसीमा निस्किएका बेला पनि मोहनले थुक्ने गरेको बताउने गरेकी थिइन्।  ‘कौसीमा देख्यो भने पनि थुकिरहन्छ,' रोशनीले केही दिनअघि ती महिलासँग भनेकी थिइन्।

रोशनी बोक्सी भएको र आफ्नी पत्नी बिरामी बनाएर घरबार बिगार्न खोजेको आरोप मोहनराज लगाउँथे। ‘मेरो घरबार बिगार्ने भन्दै मोहन जहिल्यै मार्ने धम्की दिन्छन् भन्थिन् रोशनीले। हिजो त पापीले मारेरै छाड्यो,' ती महिलाले नेपाल समयसँग भनिन्। 
रोशनी र मोहनको घर जोडिएको छ।

प्रकाशित: Apr 18, 2021| 14:13 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।