शुक्रबार, भदौ १२, २०८३

म कुनै सेटिङमा रहन्नँ : चुडाल

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश डा. कुमार चुडालले आफू कुनै सेटिङमा नरहने  प्रतिबद्धता जनाएका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं– सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश डा. कुमार चुडालले आफू कुनै सेटिङमा नरहने  प्रतिबद्धता जनाएका छन्।

संसदीय सुनुवाइ विशेष समितिमा शुक्रबार सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै चुडाले भने, ‘ म कुनै सेटिङमा रहदिनँ, सुधारका लागि आफ्नो तर्फबाट प्रयास गर्छु।’ 

उनले सांसदहरूले उठाएका विषयले आफूलाई थप जिम्मेवार बनाउन सहयोग गर्ने बताए।

चुडालले भने, ‘सेटिङ भन्ने प्रश्न धेरै माननीयज्यूले उठाउनुभएको छ। बेन्च सेटिङ भन्ने ठिक कुरो त हुँदै होइन। बेन्च सेटिङ बेठिक कुरो हो।’ उनले बेन्च सेटिङ भयो भने यसको उपचार पनि गर्नुपर्ने बताए।

उनले भने, ‘प्रधानन्यायाधीशले बेन्च राख्दा कि उच्चको मुख्य न्यायाधीश र जिल्लामा न्यायाधीशले बेन्च राख्दाको अवस्था हो। यसलाई हामीले अब सफ्टवेयरको माध्यमबाट अगाडि बढाउन खोजिरहेका छौं। यसले धेरै मानिसले उठाएका विषय निराकरण हुन्छ।’

उनले सर्वोच्च अदालतको सन्दर्भमा उठेका प्रश्न चिन्ताको विषय रहेको बताए। चुडालले भने, ‘म यो कुरोलाई दूर गर्नुपर्नेछ। न्यायालयको सवालमा प्रश्न उठ्नै हुँदैन।’ 

यस्तो वातावरण आउनु हुन्न भन्नेमा आफू प्रस्ट रहेको बताए। उनले न्यायमा ढिलाइ गर्ने प्रवृत्तिलाई सुधार गरेर लैजाने बताए। 

उनले अहिले यसमा केही सुधार भएको पनि बताए। उनले भने, ‘अहिले २ वर्ष भन्दा बढी समय मुद्दा रहनु हुन्न भन्ने सिद्धान्तअनुसार नै अगाडि बढेका छौं। मुद्दा चाँडो फैसला गर्नका लागि जनशक्ति, प्रविधिलगायत कर्मचारीको स्पिड बढाएर लैजानुपर्नेछ।’

चुडालले सर्वोच्चको न्यायाधीश भएमा छिटोछरितो न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।  उनले भने, ‘न्यायालयबाट नै न्याय भएन भन्ने प्रश्न आउनु राम्रो कुरो होइन। अदालतले गर्ने फैसला न्यायसंगत हुन्छ भन्ने बनाउनुपर्छ।’ 

उनले संसदीय समितिमा उठेको प्रश्न सर्वोच्चमा राख्ने बताए।  उनले भने, ‘अदालतको निर्णयबाट कहिलेकाहीं बाधा हुने गरेको भन्ने कुरो आएको छ। यसमा पनि सुधार गर्नुपर्छ। विन विनको सिद्धान्तमा जानुपर्ने हुन्छ।’

उनले विकास निर्माणका काम रोकिन नहुने र व्यक्तिको अधिकार पनि मर्नु दिन नहुने बताए। उनले भ्रष्टाचार नियन्त्रणका लागि अहिले अनलाइन प्रविधि प्रयोग गर्न खोजिएको बताए। 

प्रकाशित: Apr 16, 2021| 08:32 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।