आइतबार, भदौ १४, २०८३

विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

विराटनगरमा कोरोना संक्रमित एक महिलाको विहिबार मृत्यु भएको छ। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

विराटनगर– विराटनगरमा कोरोना संक्रमित एक महिलाको विहिबार मृत्यु भएको छ। 

विराटनगर–४ की ४६ वर्षीया महिलाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा विहिबार बिहान मृत्यु भएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले बताए। 

बुधबार दिउँसो श्रीमानसँग स्कुटर लिएर सामान्य अवस्थामा उनी अस्पतालमा भर्ना भएकी थिइन्।  अचानक शरीरमा अक्सिजनको मात्रा घटेपछि महिलाको मृत्यु भएको बताइएको छ। 

नोबेल अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड अस्पतालमा उनी भर्ना भएकी थिइन्।  
कोरोनाको दोश्रो लहर शुरु भएसँगै विराटनगरमा २ जनाको मृत्यु भएको छ। 
 

प्रकाशित: Apr 15, 2021| 06:50 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।