आइतबार, भदौ १४, २०८३

वर्ष २०७७ : विपद्‍मा ५९२ जनाको मृत्यु, २ अर्बको क्षति

गत वर्ष विभिन्न किसिमका विपद्‍मा परी नेपालमा ५ सय ९२ जनाको मृत्यु भएको छ। बुधबार गृह मन्त्रालयले प्रकाशन गरेको विवरणअनुसार विपद्का विभिन्न घटनामा परी उनीहरूको मृत्यु भएको हो भने १ सय १ जना अझसम्म बेपत्ता छन्।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं- गत वर्ष विभिन्न किसिमका विपद्‍मा परी नेपालमा ५ सय ९२ जनाको मृत्यु भएको छ। बुधबार गृह मन्त्रालयले प्रकाशन गरेको विवरणअनुसार गत वर्ष १ सय १ जना अझसम्म बेपत्ता छन्। विपद्‍का घटनामा परी ११६७ जना घाइते भएका छन्।

यसका साथै ३४ सय चौपायाको पनि मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ। 

गत वर्ष सबैभन्दा बढी ३ सय १ जनाको पहिरोमा परी  मृत्यु भएको छ। पहिरोपछि ९७ जनाको भने आगलागीका घटनामा परी मृत्यु भएको छ। आगलागीका घटनामा परी सबैभन्दा बढी ३७९ जना घाइते भएका छन्। सबैभन्दा कम हिमपातमा परी १ जनाको मृत्यु भएको छ। 

गत वर्ष आगलागीका २५ सय ८५ घटना भएको मन्त्रालयको विवरणमा उल्लेख छ। यस्तै चट्याङका २४७, सर्पदंशका ५६, जनावर आक्रमणका २४३, बाढीका ९७, पहिरोका ४८९, अविरल वर्षाका ३६० र हावाहुरीका ७९ घटना भएका छन्। 

विपद्‍का घटनाबाट २ अर्बभन्दा बढी आर्थिक क्षति भएको अनुमान मन्त्रालयले गरेको छ। 

प्रकाशित: Apr 14, 2021| 16:42 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।