शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ वर्षको दिन लुम्बिनीमा पर्यटकको घुइँचो (तस्बिरहरु) 

नयाँ वर्षको दिन लुम्बिनीमा पर्यटकको घुइँचो (तस्बिरहरु) 

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना महामारीपछि बुधबार सबैभन्दा धेरै पर्यटकले अवलोकन गरेका छन्।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना महामारीपछि बुधबार सबैभन्दा धेरै पर्यटकले अवलोकन गरेका छन्।

नयाँ वर्ष मनाउन बिहानदेखि साँझसम्म लुम्बिनी घुम्नेहरूको घुइँचो लागेको थियो। मायादेवी मन्दिर दर्शनका लागि घण्टौँ लाइनमा बस्नुपरेको छ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार कोरोनापछि सबैभन्दा धेरै पर्यटक नयाँ वर्षको पहिलो दिन (बुधबार) लुम्बिनी पुगेका हुन्।

उनले एकै दिन १५ हजार अवलोकनकर्ता आएको बताए। कोरोनापछि गत वर्ष २०७६ चैत १० देखि २०७७ मंसिर ३ गतेसम्म लुम्बिनीमा पर्यटक भ्रमणका लागि रोक लगाइएको थियो।

मंसिर ३ गतेदेखि मायादेवी खुल्ला गरिएको थियो। सन् २०२१ को तीन महिनामा २ लाख ५६ हजार पर्यटकले अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ। 

नयाँ बर्षका दिन अवलोकनकर्ताको भिडले यातायात व्यवस्थापन गर्नसमेत केहीबेर समस्या भएको कोषले जनाएको छ।

 

प्रकाशित: Apr 14, 2021| 14:11 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।