शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्ता स्वार्थ र भागवण्डाको लुछाचुँडीले मुलुक अस्थिर : थापा 

सत्ता स्वार्थ र भागवण्डाको लुछाचुँडीले मुलुक अस्थिर : थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल सावित भएको भन्दै सत्ता स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको बताएका छन्। 
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल सावित भएको भन्दै सत्ता स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको बताएका छन्। 

राप्रपा काठमाडौं महानगर समितिद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा  थापाले संवैधानिक अंगका प्रमुखहरुमाथि नै गम्भीर आरोप लाग्नु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको बताए।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटोमा लैजान नसकिने भन्दै उनले त्रुटिपूर्ण मार्गचित्र परिवर्तन गर्नको निमित्त गम्भीरतापूर्वक चिन्तनमनन हुनुपर्नेमा जोड दिए।

अहिले मुलुकको ठूलो समस्या भ्रष्टाचार, बेरोजगारी ,धर्म परिवर्तन, कुशासन र सर्वसत्तावाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको समेत बताए।

राप्रपालाई मुलक र जनताले खोजेको वैकल्पिक शक्ति बनाउनको निमित्त महाधिवेशन केन्द्रित भई संगठन निर्माणमा होमिनुपर्ने आवश्यकता थापाले औंल्याए।

प्रकाशित: Apr 14, 2021| 11:12 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।