शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्युठान जिप दुर्घटनामा ५ जनाको मृत्यु, ५ घाइतेलाई काठमाडौं ल्याउने तयारी 

प्युठान जिप दुर्घटनामा ५ जनाको मृत्यु, ५ घाइतेलाई काठमाडौं ल्याउने तयारी 

दुर्घटनामा परी मृत्यु हुनेमा सूर्य पन्थी, यमलाल पन्थी, इश्वरी भणडारी,  श्याम न्यौपाने, केशव कार्की छन्। उनीहरूको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। 
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

प्युठान- प्युठानको स्वर्गद्वारी नगरपालिका-२ स्थित स्वर्गद्वारी मन्दिर नजिकै रुमालेमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। १७ जना सवार जिप दुर्घटनामा परी अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेमा सूर्य पन्थी, यमलाल पन्थी, इश्वरी भणडारी,  श्याम न्यौपाने, केशव कार्की छन्। उनीहरूको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। 

गुल्मीबाट स्वर्गद्वारी मन्दिरतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप दुर्घटनामा परेको हो। बसलाई ओभरटेक गर्ने क्रममा भीरबाट १५० मिटर तल खसेर जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। अन्य ७ घाइतेको भने प्युठानमा नै उपचार भइरहेको छ। 

प्रकाशित: Apr 14, 2021| 10:55 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।