काठमाडौं– भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री आफैंले ट्विट गरेर आफू संक्रमित भएको जानकारी दिएका छन्।
संक्रमित भएसँगै आफू आइसोलेसनमा बस्ने उनले बताएका छन्। लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए।
केही दिनअघि मुख्यमन्त्री कार्यालयका केही कर्मचारीलाई पनि कोरोना संक्रमण भएको थियो।