शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सरकारमा सहभागी नहुने

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सरकारमा सहभागी नहुने

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस भए पक्षमा मतदान गर्ने भएको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

पोखरा– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस भए पक्षमा मतदान गर्ने भएको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति प्रकाशित गरी गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई समर्थन हुने जनाएका हुन्। 

केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मुख्य मन्त्रीमा माओवादी केन्द्र र कांग्रेस जुन आए पनि त्यो उनीहरुबीच बन्ने समीकरणको कुरा हो। त्यसमा हाम्रो समर्थन रहनेछ। तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौं।’ 

माेर्चाकाे विज्ञप्ति

राष्ट्रिय जनमोर्चा प्रेस वक्तव्य गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन बारे भएको निर्णयलाई सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ। 

केन्द्रमा प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कार्यशैली, जनहित र संसदीय प्रजातान्त्रिक मूल्य–मान्यताका विरुद्धका कार्य तथा आफ्नै पार्टीका निर्णयहरु समेतलाई उल्लंघन गर्ने कार्य र कार्यशैलीको हामीले विरोध गर्दै आएका थियौँ। त्यस सिलसिलामा उनले असंवैधानिक तरिकाले संसदको विघटन गरेपछि हामीले उनको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेका थियौँ।

उनका त्यसप्रकारका क्रियाकलापहरुबाट २०६२÷६३ को महान जनआन्दोलनका उपलब्धिहरु गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा उत्पन्न भएको छ । त्यसको अर्थ देशमा प्रतिगमनको खतरा बढेको छ। देशी–विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको छ।

राजनीतिक अन्यौलता कायमै छ। यो स्थितिको अन्त्यका लागि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु नै उपयुक्त विकल्प हो। उनले राजीनामा दिनका लागि हामीले जोड दिंदै आएका छौँ। केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरुमा नेकपा र पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरुलाई दिएको समर्थन कायमै राखेका थियौँ। त्यसको अर्थ हामीले बामपन्थीको सरकारमा जोड दिएका हौँ।

गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ। साविकको स्थितिमा परिवर्तन हुन्छ। गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ। त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ। त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ।

मुख्य मन्त्रीमा माओवादी केन्द्र र ने.का. जुन आए पनि त्यो उनीहरु बीच बन्ने समिकरणको कुरा हो  त्यसमा हाम्रो समर्थन रहने छ । तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ ।

चित्रबहादुर के.सी. अध्यक्ष

प्रकाशित: Apr 14, 2021| 07:42 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।