शनिबार, भदौ १३, २०८३

मालिनीको अजर प्रेम : सलहेसलाई पर्खिरहेको एउटा फूल

मालिनी सलहेसकै प्रतीक्षामा प्रत्येक वर्ष फूल टिप्न फूलबारीमा पुग्ने गर्थिन्। वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् भन्ने जनविश्वास छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

जनकपुरधाम – राजा सलहेस मिथिलाको दुसाध जातिका लोकदेवता हुन्। सलहेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फुल्ने फूलको सम्बन्ध रहेको किंवदन्ती छ।

छैटौं शताब्दीतिर मिथिला भूमिको गढ महिसोथा थियो। त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्छ। त्यहाँका भूपाल सोनम र मन्दोदरीको गर्भबाट जयवर्धन (सलहेस) को जन्म भएको थियो। सलहेसको बुद्धि सानैदेखि प्रखर थियो।

मिथिला क्षेत्रमा किराँत क्षेत्र, तिब्बत र भुटानतिरबाट बारम्बार अन्नबाली र पशुको लुटपाट हुन्थ्यो। लुटपाट रोक्न सलहेसका बुबा भूपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तरतर्फ) का राजा हिन्दुपतिशमशेर भण्डारीलाई सहयोग गर्न गए।

भोट र किराँतसँग भएको युद्धमा भूपाल सोमनदेवले सहादत प्राप्त गरे। जेठो छोराका हैसियतले सलहेस महिसोथाका गढीपति बने। सलहेस गढीपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म र उत्तर हिमालयदेखि र दक्षिण गंगासागरसम्म सीमा विस्तार गरेका थिए रे। 

पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सलहेस र मालिनीबीच प्रेम भएको किंवदन्ती छ। मालिनी सलहेसकै प्रतीक्षामा प्रत्येक वर्ष फूल टिप्न फूलबारीमा पुग्ने गर्थिन्।

वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् भन्ने जनविश्वास छ। सोही विश्वासका आधारमा मेलाका दिन युवकयुवतीका जोडी आएर फूललाई साक्षी मानी प्रेम विवाह गर्ने गर्छन्। फूलबारीलाई राजा सलहेस र मालिनीको प्रेमको प्रतीकका रूपमा लिइन्छ।

लहान नगरपालिकाबाट चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा वैशाख १ गते मेला लाग्दै आएको छ। त्यहाँको फूलबारीमा वर्षमा एकपटक वैशाख १ गते मात्र सोनाखरी फूल फुल्छ भन्ने विश्वास छ। फूल हेर्न भारतबाट समेत श्रद्धालु आउँछन्। त्यस क्षेत्रमा दुसाध समुदायको बसोबास छ। उनीहरूले सलहेसको गहवर बनाई पूजा गर्दै आएका छन्।

यस वर्ष पनि रोकियो मेला

सिरहाको ऐतिहासिक सलहेस फूलबारी मेला यसपालि पनि लागेन। पतारीमा लाग्दै आएको मेला गत वर्ष पनि कोरोनाका कारण प्रशासनले रोक लगाएको थियो। यसपालि पनि कोरोनाको दोस्रो लहर चलेपछि मेलामा रोक लगाइएको छ। 

प्रत्येक वर्ष वैशाख १ गते सिरहा, लहान, भगवानपुर, लक्ष्मीपुर लगायतका विभिन्न स्थानमा फूलबारी मेला, सलहेस मेला, मानिकदह पकरिया मेला लाग्दै आएको छ। 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भीडभाड हुने धार्मिक, सांस्कृति, प्रवचन कार्यक्रम नगर्न आग्रह गरिएको छ।

प्रकाशित: Apr 14, 2021| 07:38 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।