आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन : प्रधानमन्त्री ओली

सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताएका छन्।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताएका छन्। नयाँ वर्षका अवसरमा बुधबार जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लकडाउनबाहेक स्वास्थ्य सुरक्षाका अन्य विकल्पबारे सरकारले छलफल गरिरहेको बताएका हुन्।

'कतिपयले लकडाउन गर्ने हल्ला चलाएका छन्। सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन। हामी चाहन्छौं अरु नै विधिबाट परिस्थिति बिग्रन नदिऔँ,' उनले भने। युरोपका देशमा परिस्थिति बग्रिएर पुनः लकडाउन गरिएको उल्लेख गर्दै संक्रमण तीव्र रूपमा फैलिए नेपालमा पनि लकडाउन गर्नुपर्ने अवस्था आउने उनले उल्लेख गरेका थिए। 

लकडाउन गर्नुपर्ने अवस्थालाई आफूले विगतमा बताएको तर उक्त कुरालाई फरक ढंगले बुझिएको उनको गुनासो छ। केही दिन अघि प्रधानमन्त्रीले लकडाउन गर्न सक्ने बताएका थिए। 

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमित बढ्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वनयमा जोड दिन आग्रह गर्दै आएको छ।

प्रकाशित: Apr 14, 2021| 03:02 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।