आइतबार, भदौ १४, २०८३

२०७७ सफलताको वर्ष हो, असफलताको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ निरर्थकको वर्ष नरहेको बताएका छन्। 
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ निरर्थकको वर्ष नरहेको बताएका छन्। 

आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २०७७ लाई सफलताको वर्ष मान्नु पर्ने बताए। 

‘हामीले गत वर्षलाई सफलताको वर्ष नै मान्नुपर्छ, असफलताको होइन,’ उनले भने, ‘कोभिड महामारीका बेला सही नीतिकै कारण हामीले कमभन्दा कम क्षति भोग्नु पर्‍यो।’

यसबीचमा मेलम्चीको काठमाडौं ल्याएको, विभिन्न पुनर्निर्माणका काम भएको, अनलाइन माध्यमबाट शिक्षा प्रदान गरिएको उनको भनाइ छ। 

‘हामीले जनातामा आशा जगाउने कामहरू गर्‍याैं,’ उनले भने, ‘महामारीका बेला जनताको सुरक्षालाई पहिलो प्राथमिकता दियौं, नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन।’

यस्तै उनले प्रतिदिन साढे ५ किलोमिटर बाटो बनेको र एक दिनमा १२ वटा आवास निर्माण भएको दाबी गरे। सामाजिक, आर्थिक क्रियाकलापमा महामारीले केही प्रतिकूल असर परे पनि ऋणात्मकतर्फ जान नदिएको उनको भनाइ छ। 

प्रकाशित: Apr 14, 2021| 02:42 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।