शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकी राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीले दिए नयाँ वर्षको शुभकामना

अमेरिकी राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीले दिए नयाँ वर्षको शुभकामना

अमेरिकी राष्ट्रपति जो बाइडेन नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। नेपालीसहित दक्षिण एसियाली समुदायले बुधबार मनाइरहेको नयाँ वर्षको अवसरमा राष्ट्रपति बाइडेनले फेसबुकमा स्टाटस लेख्दै शुभकामना दिएका हुन्।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेन नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। नेपालीसहित दक्षिण एसियाली समुदायले बुधबार मनाइरहेको नयाँ वर्षको अवसरमा राष्ट्रपति बाइडेनले फेसबुकमा स्टाटस लेख्दै शुभकामना दिएका हुन्।

'जिल र म दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली थुप्रै समुदायले मनाइरहेको वैशाखी, नवरात्री र नयाँ वर्षको शुभकामना व्यक्त गर्दछौं,' बाइडेनको फेसबुक पोस्टमा लेखिएको छ। जिल अमेरिकाकी प्रथम महिला हुन्। 

राष्ट्रपति बाइडेनको पोस्टमा दक्षिण एसियाली समुदायले मनाउने थुप्रै पर्वको नाम उल्लेख गरिएको छ। उनको पोस्टमा विसु पर्वको पनि शुभकामना व्यक्त गरिएको छ। 

'यो नयाँ वर्षले तपाईं र तपाईंको परिवारमा समृद्धि र चमक छाओस्, हाम्रो (जिल र मेरो) तर्फबाट शुभकामना,' उनले उल्लेख गरेका छन्। 

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले पनि अस्ट्रेलियामा रहेका नेपालीलाई नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन्।

प्रधानमन्त्री मोरिसनले मंगलबार शुभकामना शन्देशमा जारि गर्दै विक्रम सम्वत् २०७८ को सुरूआतले नेपालीलाई एकतामा बाँध्नुका साथै हर्ष र उल्लास बाढ्ने विश्वास लिएका छन्।

नयाँ वर्षको अवसरलाई विगतको समीक्षा गर्न र भविष्यका लागि आशाका किरणहरू बाँड्ने मौकाको रूपमा लिन प्रधानमन्त्री मोरिसनले आग्रह गरेका छन्। 

बृहत् अस्ट्रेलियाली समुदायका लागि नेपाली नयाँ वर्ष त्यहाँको कला संस्कृतिको महत्वपूर्ण पक्षहरू अनुभव गर्ने मौकाका रुपमा रहेको प्रधानमन्त्री मोरिसनको भनाई छ। 

यस्तै बलिउड अभिनेता अमिताभ बच्चनलगायतले पनि नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्।

 

प्रकाशित: Apr 14, 2021| 02:38 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।