काठमाडौं– देशका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान विभागले जनाएको छ।
उक्त प्रणाली दक्षिण पूर्वतिर सर्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
काठमाडौं उपत्यकामा पनि गड्याङगुडुङका साथ वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।