आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव पक्षले रूपन्देहीमा गठन गर्‍यो समानान्तर कमिटी, अध्यक्षमा राजु गुरुङ

माधव पक्षले रूपन्देहीमा गठन गर्‍यो समानान्तर कमिटी, अध्यक्षमा राजु गुरुङ

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालकाे उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घाेषणाा गरेको हो।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

बुटवल- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर कमिटी विस्तार गरेको छ। मंगलबार नेपाल पक्षले राजु गुरुङकाे अध्यक्षतामा रुपन्देहीमा कमिटी घाेषणा गरेकाे हो।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालकाे उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घाेषणाा गरेको हो।

नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषाेत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चाैधरी र उपसचिवमा सिद्विचरण भट्टराईलाई जिम्मेवारी ताेकिएकाे छ। २०५ सदस्यीय समानान्तर कमिटी निर्माण गरिएको छ।

जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएकाे अध्यक्ष गुरूङको भनाइ छ।

क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयाेजकसमेत ताेकिएकाे जिल्ला सदस्य खेम लुइटेलले जानकारी दिए। 

देशैभर एमालेमा विवाद चुलिँदै गएपछि नेपाल पक्षले समानान्तर कमिटी घाेषणालाई तीव्रता दिएको छ। यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेकाे छ।

प्रकाशित: Apr 13, 2021| 08:22 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।