आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डब्लुएचओ प्रमुखले भने– भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं

डब्लुएचओ प्रमुखले भने– भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस एडहोनम गिब्रिएसुसले कोरोना महामारी तत्काल नसकिने बताएका छन्।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस एडहोनम गिब्रिएसुसले कोरोना महामारी तत्काल नसकिने बताएका छन्।

सार्वजनिक स्वास्थ्यका लागि प्रभावकारी कदम चालिए केही महिनामा यसलाई नियन्त्रणमा लिन सकिने भए पनि यो भाइरस तत्काल जानेवाला भाइरस नभएको टिप्पणी उनले गरे।

अहिलेसम्म विश्वभर ७८ करोड डोज कोरोना भ्याक्सिन लगाइसकिएको जानकारी उनले दिए। यद्यपि, महामारी सकिने कुरा कोसौं टाढा रहेको उनले बताए। डिसेम्बर २०१९ मा चीनको वुहान सहरबाट फैलिन सुरु भएको कोरोना भाइरस (पछि कोभिड–१९ नामकरण गरिएको) बाट अहिलेसम्म १३ करोड ६५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यीमध्ये २९ लाख ४४ हजार ५०० को ज्यान गइसकेको छ।

डब्लुएचओका प्रमुखले भने, ‘जनवरी र फेब्रुअरीमा लगातार ६ साता कोरोना संक्रमणमा कमी आएको थियो तर, पछिल्ला सात हप्ता संक्रमण तीव्र गतिमा बढिरहेको छ। पछिल्ला चार सातामा त मृतकको पनि संख्या बढ्दो क्रममा छ।’ 

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुखले भने, ‘महामारीसँग लड्न भ्याक्सिन शक्तिशाली हतियार हो तर यसको मतलब भ्याक्सिनबाटै महामारीलाई हराउन सकिन्छ भन्ने होइन।’ भौतिक दूरी, मास्क र हात धुने तथा स्यानिटाइज गर्ने आदत बसाल्न र त्यसलाई नछोड्न उनले आग्रह गरे।

‘कोरोनालाई मामुली फ्लू सम्झिने गल्ती नगरौं। यो भाइरसले युवा र अन्य स्वस्थ मानिसको पनि ज्यान लिइरहेको छ,’ उनले भने, ‘जो संक्रमित भएर ठिक भएका छन्, उनीहरुलाई पनि पछि के असर देखिन्छ भन्ने स्पष्ट भइसकेको छैन।’

प्रकाशित: Apr 13, 2021| 08:23 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।