काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन्। नयाँ वर्ष २०७८ को अवसरमा भोलि बुधबार उनले सम्बोधन गर्ने तय भएको हो।
प्रधानमन्त्रीको सम्बोधन पछिल्लो राजनीतिक, आर्थिक अवस्था, कोरोना महामारी तथा देशको समग्र अवस्थाका बारेमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्रीले सरकारले हासिल गरेका उपलब्धि पनि सुनाउनेछन्।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट बिहान ८ बजे हुने सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्नेछ।