आइतबार, भदौ १४, २०८३

मन्त्रीकाे रूचाइमा नपरेका सहसचिवकाे फेरि सरूवा

मन्त्रीले नरुचाउने प्रशासक भनेर चिनिने सहसचिव कुमार दाहालको फेरि सरुवा भएको छ। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं - मन्त्रीले नरुचाउने प्रशासक भनेर चिनिने सहसचिव कुमार दाहालको फेरि सरुवा भएको छ। 

२०७६ माघमा वैदेशिक रोजगार विभागमा सरुवा भएका दाहाललाई अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको हो

छोटो समयमै सरुवा भइराख्ने प्रशासकहरूमा पर्ने दाहालले सरकारले नियमित प्रक्रियाअनुसार नयाँ जिम्मेवारी दिएकाले लुम्बिनी प्रदेशमा पनि क्षमताले भ्याएसम्म काम गर्ने बताए। 

उनले वैदेशिक रोजगार विभागअन्तर्गत हुँदा वैदेशिक रोजगारीमा रहेको बेथिति सुधारको प्रयास गरेका थिए। ‘वैदेशिक रोजगारमा बेथिति छ। सुधार गर्नुपर्ने ठाउँ धेरै छन्,’ उनले भने, ‘अब अर्को आउनेले पनि सुधारमा केन्द्रित हुनुपर्छ।’

कोभिड–१९ महामारीका कारण सात महिना घरबाटै काम गर्नु परेको र भर्खर कार्यालय खुलेकाले विभागले स्टिङ अप्रेसन सुरु गरेको उनले बताएका थिए। 

सहसचिवमा बढुवा भएलगत्तै तत्कालीन आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको रूपमा उनले जिम्मेवारी सम्हालेका थिए। त्यहाँबाट विराटनगर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको रुपमा गएका उनलाई छोटो समयमै यातायात व्यवस्था विभागको महानिर्देशकको रुपमा सरुवा गरियो।

पाँच महिना यातायात व्यवस्था विभागको महानिर्देशक रहेका उनी त्यसपछि राष्ट्रिय सूचना आयोगमा सरुवा भएका थिए। सूचना आयोगबाट पाँच महिनामै सरुवा भएर वैदेशिक रोजगार विभागमा सरुवा भएका उनी त्यहाँबाट पनि सरुवा भएका हुन्।

याे पनि पढ्नुहाेस्

मन्त्रीको रुचाइमा नपर्ने प्रशासक

प्रकाशित: Apr 13, 2021| 07:00 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।