आइतबार, भदौ १४, २०८३

चिनियाँ खोप भोलिदेखि, ४० देखि ५९ वर्षकालाई लगाइने

चीनबाट प्राप्त कोरोनाविरुद्धको खोप भेरोसेल भोलि (मंगलबार) देखि लगाउन सुरु गरिने भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– चीनबाट प्राप्त कोरोनाविरुद्धको खोप भेरोसेल भोलि (मंगलबार) देखि लगाउन सुरु गरिने भएको छ।

यो खोप ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ३१ देखि वैशाख ५ सम्म उक्त उमेरसमूहका व्यक्तिलाई खोप दिने तयारी गरेको छ। यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो। 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार ४० देखि ५९ वर्ष उमेर समूहका आम सर्वसाधारणलाई भेरोसेल खोप दिइने निर्णय भएको छ। 

उनले पहिले प्राथमिकतामा परेका समूहले पनि सो खोप लगाउन सक्ने स्पष्ट पारे। यसअघि यो खोप १८ देखि ५९ वर्ष उमेर

समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारीलाई लगाइएको थियो। 

प्रकाशित: Apr 12, 2021| 13:03 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।