आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अरुको जग्गा देखाएर नक्कली बैना, ५० लाख ठगीको आरोपमा एक पक्राउ

अरुको जग्गा देखाएर नक्कली बैना, ५० लाख ठगीको आरोपमा एक पक्राउ

पक्राउ पर्नेमा बुढानीलकण्ठ-५ काठमाडौंका ४५ वर्षीय शकुल शाही ठकुरी छन्। महाशाखाको टोलीले उनलाई सोमबार स्वयंभू क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिएको छ। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- अरुकै नाममा रहेको जग्गा देखाई बिक्रीका लागि बैना कागज बनाएर ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सोमबार महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा बुढानीलकण्ठ-५ काठमाडौंका ४५ वर्षीय शकुल शाही ठकुरी छन्। महाशाखाको टोलीले उनलाई स्वयंभू क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिएको छ। 

जिल्ला लमजुङ बेँशीसहर-१ स्थाई ठेगाना भई हाल काठमाडौं-१३ बस्ने कुलदेश जोशीको जाहेरीमा उनलाई पक्राउ गरिएको हो। ठकुरीले ललितपुर-१ का भेषेन्द्रपुरुष ढकालको नाममा रहेको नागार्जुन-६ को जग्गा देखाएर नक्कली बैना गरिदिएका थिए। प्रतिआना १८ लाखको बैना कागज बनाई ५० लाख बैना लिई ठगी गरेकाले ठकुरीलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ। 

उनीमाथि थप अनुसन्धान गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ। 

प्रकाशित: Apr 12, 2021| 12:26 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।