आइतबार, भदौ १४, २०८३

देउवा र पौडेलको झगडा विडम्बनापूर्ण : शेखर कोइराला

'सभापतिजी र वरिष्ठ नेता पौडेलबीच झगडा हुनु विडम्बनापूर्ण हो,' उनले भने। आइतबार एक सार्वजनिक मञ्जमा नै देउवा र पौडेलबीच भनाभन भएको थियो।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

पोखरा- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच झगडा हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्। नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन्। 

'सभापतिजी र वरिष्ठ नेता पौडेलबीच झगडा हुनु विडम्बनापूर्ण हो,' उनले भने। आइतबार एक सार्वजनिक मञ्जमा नै देउवा र पौडेलबीच भनाभन भएको थियो।

कार्यक्रममा उनले जसपाले नयाँ सरकारको नेतृत्व गरेपनि कुनै आपत्ति नहुने समेत बताएका थिए।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका उनले ओलीलाई पदमा बस्नै नैतिक अधिकार नभएको उल्लेख गरे।

'छँदाछँदैको संसद् विघटन गरी संविधान नै खत्तम पार्ने ओलीको प्रपञ्चलाई सर्वोच्च अदालतले रोकिदिए पनि राजनीतिक जटिलता कायमै छ,' उनले भने, 'संसद पुनःस्थापनापछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनु पर्नेमा अटेरी गरेका छन्। अहिले नैतिकताको खडेरी परेको छ।' 

संसद् भूमिकाविहीन भएकोमा उनले चिन्ता व्यक्त गरेका थिए। सभामुखले विशेषाधिकार प्रयोग गर्नुपर्नेमा त्यो नभएको र सरकारले पनि संसदलाई बिजनेस नदिएका कारण थप जटिलता सिर्जना भएको नेता कोइरालाको भनाइ छ। 

मुलुकको परिस्थिति जटिल मोडमा गुज्रिरहेकाले यसको समाधान गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको उनको भनाइ छ। उनले छिटो चुनाव गराउन कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका थिए। 

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिनु, नयाँ सरकारमा सामेल हुनका लागि जनता समाजवादी पार्टीमा विवाद उब्जिनुजस्ता कारणले राजनीतिक जटिलता थपिएको उनको भनाइ थियो। सरकारमा आबद्ध नेकपा सर्वोच्चको आदेशपछि पुरानै अवस्थामा फर्किनु, त्यसपछि एमालेमा पनि २ धार देखिनुले राजनीतिक अस्थिरता बढेको उनले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओली चुनावको पक्षमा रहेपनि अब उनी नेतृत्वको सरकारलाई चुनाव गराउने नैतिक दायित्व नरहेको उनको भनाइ छ। ‘मुलुकलाई राजनीतिक निकास दिने दायित्व अब कांग्रेसमै आएकाले हामीहरुकै नेतृत्वको सरकारले चुनाव गराउनुपर्छ,’ उनले भने। 

पार्टीको महाधिवेशन, नयाँ सरकार गठनसँगै चुनावमा कांग्रेस लाग्नुपर्नेमा जोड दिँदै उनले यसका लागि पार्टीको नेतृत्व अग्रसर हुनुपर्ने धारणा राखे। आम निर्वाचन  सकेसम्म मंसिर र  नभए चैतमा हुनेगरी जुट्न उनले आग्रह पनि गरेका थिए। 

प्रकाशित: Apr 12, 2021| 11:43 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।