आइतबार, भदौ १४, २०८३

प्रदीप मिजारको हत्या गरेको आरोपमा दुई पक्राउ  

सिरहाको लहान नगरपालिका–२३ का ४५ वर्षीय प्रदीप मिजारको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– सिरहाको लहान नगरपालिका–२३ का ४५ वर्षीय प्रदीप मिजारको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
धारिलो हतियार र गोली प्रहरी गरी मिजारको हत्या गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र सोही नगरपालिका–२३ का सूर्य सोहनीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौधरी र सहानीसहित पाँच छ जनाको समूहले गाढिया चोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका मिजारको घरको ढोका फोडेर उनलाई गोली र पत्नी अनिता दुलाललाई खुकुरी प्रहार गरेका थिए।

उनीहरुले घरबाट तीन तोला सुन, सात किलो चाँदी, ६० तोला चाँदीका गहना र दुई लाख ५० हजार नगद लुटेर फरार भएका थिए।

घटनामा गम्भीर घाइते मिजारको लहानस्थित सप्तऋषि अस्पतालमा आइतबार बिहान मृत्यु भएको थियो। घाइते अनिता दुलालको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


 

प्रकाशित: Apr 12, 2021| 10:58 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।