आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतले महाकालीमा बनाएको तटबन्धबारे बुझ्न संयुक्त टोली दार्चुलामा

भारतले महाकालीमा बनाएको तटबन्धबारे बुझ्न संयुक्त टोली दार्चुलामा

दार्चुलास्थित महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको संयुक्त स्थलगत अध्ययन सुरु भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- दार्चुलास्थित महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको संयुक्त स्थलगत अध्ययन सुरु भएको छ।

भारतले नेपाली भूमिमा तटबन्ध निर्माण गरिरहेको कुरा बाहिर आएपछि नापी विभाग काठमाडौं र भारतीय सर्वे टोलीले आइतबार स्थलगत अनुगमन गरेको हो।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले तटबन्ध निर्माणस्थलको दुवै देशको नापी टोलीले अनुगमन गरिरहेको बताए।

जोशीका अनुसार नेपालको तर्फबाट पाँच सदस्यीय टोलीको नेतृत्व प्रमुख नापी अधिकृत जयानन्द जोशीले गरेका छन्। टोलीमा सशस्त्र प्रहरी प्रमुखसमेत छन्।

भारतको तर्फबाट पनि पाँच सदस्यीय सर्वे टोली र एक जना भारतीय सीमा सुरक्षा बलका प्रमुख अनुगमनमा खटिएका छन्।

२०७० सालमा महाकाली नदीमा आएको बाढीले नदीको धार परिवर्तन गर्दा नेपाली भूमि भारततर्फ परेको छ। भारततर्फ परेको नदी किनारमा भारतले १५ मिटर क्षेत्रमा तटबन्ध निर्माण गरेको छ। भारतले नेपाली भूमिमा तटबन्ध निर्माण गरेको भनेर विरोध भएपछि काम रोकिएको छ।

नदीले धार परिवर्तन गरेकै आधारमा भारतले नेपाली भूमिमा तटबन्ध बनाइरहेको कुरा दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडुले संसदमा उठाएपछि नेपाल सरकारको चर्को आलोचना भएको थियो।
संसदमा परराष्ट्रमन्त्री तथा नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्र दुवै देशका नापी विभागको सर्वेक्षण टोलीले स्थलगत अध्ययन गर्ने बताएका थिए।

उनले भारतले अन्तर्राष्ट्रिय सीमाको सही ढंगले सम्मान गरेनगरेको र नेपाली भूमिमा तटबन्ध निर्माण गरेनगरेको कुरा नापी विभागको विषेश टोलीले स्थलगत अध्ययन गरी बाहिर ल्याउने बताएका थिए। ज्ञवालीले सरकार आफ्नो सीमाप्रति गम्भीर र सजग रहेको संसदमा बताएका थिए।

प्रकाशित: Apr 12, 2021| 10:13 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।