आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचार छानबिन गर्ने लेखामा भ्रष्टाचारकै आरोपित बाँस्कोटा बने सदस्य

भ्रष्टाचार छानबिन गर्ने लेखामा भ्रष्टाचारकै आरोपित बाँस्कोटा बने सदस्य

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसनका लागि लबिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई सदस्य बनाइएको हो। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- भ्रष्टाचार लगायतका अनियमितता छानबिन गर्न सक्ने कार्याधिकार पाएको संसदीय समितिमा भ्रष्टाचारको आरोप लागेका सांसदलाई सदस्य बनाइएको छ।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसनका लागि लबिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई सदस्य बनाइएको हो। 

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिको जिम्मेवारी दिन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले पारित गरेको छ। 

बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता छ। सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले बाँस्कोटाविरुद्ध गतवर्ष फागुन ११ गते अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

विभिन्न सरकारी ठेक्कामा बाँस्कोटाले हस्तक्षेप गरेकोले ती ठेक्काबाट अनुचित लाभ लिएको हुनसक्ने भन्दै छानबिनका गरी कारबाही अघि बढाउन उजुरीमा माग गरिएको छ। 

प्रकाशित: Apr 12, 2021| 10:01 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।