आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कानुन समिति सदस्य बने प्रचण्ड, सार्वजनिक लेखामा गोकुल बाँस्कोटा

कानुन समिति सदस्य बने प्रचण्ड, सार्वजनिक लेखामा गोकुल बाँस्कोटा

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कानुन न्याय तथा मानव अधिकार समिति सदस्य भएका छन् भने पूर्वसञ्चार गोकुल बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य भएका छन्। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- प्रतिनिधिसभाका केही सांसदहरूको जिम्मेवारी हेरफेर र केही समितिमा सांसदहरूको संख्या थपघट भएको छ। सभामुख सापकोटाले सांसदहरुको जिम्मेवारी हेरफेर तथा समितिमा रहने सांसदहरुको नामावली थपघटको प्रस्तावलाई सोमबारको प्रतिनिधिसभा बैकठले पास गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड राज्यव्यवस्था समितिबाट कानून न्याय तथा मानवअधिकार समितिको जिम्मेवारी पाएका छन्। यस्तै पूर्वमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक लेखा समितिको जिम्मेवारी पाएका छन्। 

घनश्याम भुसाल, मोतिलाल दुगड र वर्षमान पुनले अर्थ समितिमा जिम्मेवारी पाएका छन्। कृष्णबहादुर महरा र लिलादेवी सिटौलालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जिम्मेवारी दिइएको छ। 

उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको जिम्मेवारी रामेश्वर राय यादवले पाउँदा शक्तिबहादुर बस्नेतले कृषि सहकारी तथा आर्थिक श्रोत समितिको जिम्मेवारी पाएका छन्। यस्तै जानकी देवी राम र सुवर्ण ज्वाचरनले महिला तथा सामाजिक समितिको जिम्मेवारी पाएका छन्। 

मोहनप्रसाद पाण्डेले राज्यव्यवस्था तथा शुसासन समितिमा, विना मगरले विकास तथा प्रविधि समितिको जिम्मेवारी पाएका छन्। 

गिरिराजमणि पोखरेल र योगेश भट्टराईले शिक्षा तथा स्वास्थ्य समितिको जिम्मेवारी पाएका छन्। 

यस्तै केही सांसदहरुको जिम्मेवारी समेत हेरफेर भएको छ। विनोदकुमार चौधरीले राज्य व्यवस्था समितिबाट अर्थ समितिको जिम्मेवारी पाएका छन्।

पुष्पकमारी कर्ण कायस्थ लेखा समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा, सन्तकुमार थारु शिक्षा स्वास्थ्य समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा, चुडामणि खड्का अर्थ समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जिम्मेवारी पाएका छन्। 

महेश बस्नेत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट राज्य व्यवस्था समितिमा, खेमप्रसाद लोहनीले महिला तथा सामाजिक समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिको जिम्मेवारी पाएका छन्।

यस्तै, दामोदर भण्डारी विकास समितिबाट राज्य व्यवस्थ समितिमा, गजेन्द्रबहादुर महत शिक्षा समितिबाट विकास समितिमा, पम्फा भुसाल राज्यव्यवस्था समितिबाट लेखा र राजेन्द्र गौतमले कानून न्याय मानवअधिकारबाट लेखा समितिको जिम्मेवारी पाएका छन्।

कार्यव्यवस्था समितिमा उमशंकर अरगरिया, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, जयपुरी घती, दिलेन्द्र बडु, देव प्रसाद गुरुङ, पुष्पा भुसाल, बालकृष्ण खाँड, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तामाङलाई जिम्मेवारी दिइएको छ।  

प्रकाशित: Apr 12, 2021| 09:15 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।