आइतबार, भदौ १४, २०८३

‘नयाँ नक्सा कहाँ लग्यो सरकारले ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले संशोधित नयाँ नक्सा कहाँ लग्यो भन्दै सरकारलाई प्रश्न गरेकी छन्। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले संशोधित नयाँ नक्सा कहाँ लग्यो भन्दै सरकारलाई प्रश्न गरेकी छन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै भुसालले यही चैत २७ गते राष्ट्रपतिले विभूषण प्रदान गर्दा नयाँ नक्सा प्रयोग नभएको भन्दै आपत्ति जनाएकी हुन्।

 ‘अहिलेको सरकारले राष्ट्रियता देखाउने तर चुच्चे नक्सा हराउने। चैत २७ गते विभूषण प्रदान गर्दैगर्दा संसदीय अभ्यासबाट सर्वसम्मत नयाँ नक्सा पारित गरेको थियो। नक्सा पारित भयो, अब यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर संसदले निर्देशन पनि गरेको हो। तर, खै कार्यान्वयन,’ उनले भनिन्।

नक्सा संशोधनपछि भूमि फिर्ता ल्याउन नसकेको, नक्सामा समेटिएका क्षेत्रमा पूर्वाधार निर्माण नभएको र पाठ्यक्रममा नयाँ नक्सा राख्न सरकारले रोकेको भन्दै उनले आक्रोश पोखिन्। उनले भनिन्, ‘प्रधानमन्त्रीले संसदमा आएर यसको जवाफ दिनुपर्छ।’

उनले तत्काल एमसीसीलाई सदनमा पेश गर्नुपर्ने पनि बताइन्। ‘एमसीसी पास गर्नुपर्छ भनेर सरकारी पक्षले भन्छन्। एमसीसीलाई टेबुल नगर्ने, पास गर्न नदिने, अभिव्यक्ति पनि आइरहेका छन्। यसलाई तुरुन्त अघि बढाउन हामी आग्रह गर्दछौँ,’ उनले भनिन्।
 

प्रकाशित: Apr 12, 2021| 09:00 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।