आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं : मन्त्री राई

कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं : मन्त्री राई

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन्। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

विराटनगर– प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन्। 

प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताइन्। 

सोमबार बिहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको बताएकी हुन्।

आवश्यकताअनुसार सीमा नाकामा आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको उनको भनाइ छ। कोभिड अस्पतालमा उपचारको प्रबन्ध गर्न उनले निर्देशन दिइन्। मन्त्री राईले भनिन्, ‘कतैबाट गुनासो आउन भएन।’ 

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताइन्। चैत २० पछिको १० दिनमा संक्रमण दर बढेको उनले बताए। संक्रमण दर बढेसँगै अस्पताल, आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए। 
 

प्रकाशित: Apr 12, 2021| 08:53 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।