आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदीप गिरिको प्रश्न, चुच्चे नक्साको भ्रूणहत्या भएकै हो? 

प्रदीप गिरिको प्रश्न, चुच्चे नक्साको भ्रूणहत्या भएकै हो? 

'चुच्चे नक्सा कता हरायो? के चुच्ने नक्साको भ्रूणहत्या भएकै हो? कि बालहत्या भएको हो? वा राष्ट्रिय राजनीतिको त्यो सानो मोहडा मात्रै थियो?’ 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिले नेपालको नयाँ नक्सा हराउनुको कारण माग गरेका छन्। 

संघीय संसद्को बैठकमा सोमबार सम्बोधन गर्दै नेता गिरिले भने, 'चुच्चे नक्सा कता हरायो? के चुच्ने नक्साको भ्रूणहत्या भएकै हो? कि बालहत्या भएको हो? वा राष्ट्रिय राजनीतिको त्यो सानो मोहडा मात्रै थियो?’ 

केही दिनअघि सरकारले वितरण गरेको विभूषणमा पुरानै नक्सा प्रयोग गरेपछि यसबारे धेरैले विरोध गरेका थिए। यद्यपि सरकारले गत वर्षकै स्टक विभूषण वितरण गरेको स्पष्ट पारिसकेको छ।

गिरिले विश्वका कुनै पनि देशको संविधान चिरञ्जीवी नभएको बताए। उनले भने, ‘संविधान संशोधन गर्नुपर्ने कुरा बिर्सिएर संसद् भंग हुनु दुःखद् हो।’ 

विगत महिनाका घटना र तिनले संसदलाई पारेको प्रभाव तथा अब देखा परेका कठिनाइबारे सबै जानका रहेको उनले बताए। गिरिले भने। ‘सभामुखको पनि आफ्नै पीडा होला।’

व्यवस्था र व्यक्ति फरकफरक भएको उनले बताए। व्यवस्थागत त्रुटिलाई आफ्नो क्षमता र त्यागले परिमार्जित गर्दै लैजान सकिने गिरिको भनाइ छ। 

२०४७ सालमा कांग्रेसले विश्वकै सुन्दर संविधान बनाएको उनको भनाइ छ। उनले भने, ‘तर, त्यसको संरक्षण हुन नसक्नुको परिणति राज्यले व्यहोरिसकेको छ। अब पाठ सिक्नुपर्छ। उनले पछिल्ला दिनमा भ्रष्टाचार, बलात्कारका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे। 

प्रकाशित: Apr 12, 2021| 08:57 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।