आइतबार, भदौ १४, २०८३

विराटनगरमा कोरोना संक्रमितको मृत्यु

विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

विराटनगर– विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाको दमक–८ का ९२ वर्षीय वृद्धको आइतबार राति कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो। 

चैत २५ गते परिवारका ५ जनालाई संक्रमण भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मधुमेहबाट पनि पीडित वृद्धको राति १२ बजे मृत्यु भएको कोभिड अस्पतालका एपोलो भगतले जानकारी दिए। 

उनका अनुसार वृद्धको मृत्यु भएपछि परिवारका अन्य ४ जना पनि घर फर्किएका छन्। संक्रमणमुक्त नभई उनीहरु मृतकको शव लिएर घर गएका हुन्। लक्षण नभएकाले घर जान दिइएको भगतले बताए। 

कोभिड अस्पतालमा गत पुस २६ पछि पहिलो पटक संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा अहिले ११६ जना संक्रिय संक्रमित छन्। 
 

प्रकाशित: Apr 12, 2021| 08:16 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।