आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चमत्कारी सरकारले रोजगारी गुमाएकाहरूबारे केही सोचेन : गगन थापा

चमत्कारी सरकारले रोजगारी गुमाएकाहरूबारे केही सोचेन : गगन थापा

सांसद गगनकुमार थापाले कोरोनाले उद्योग, खुद्रा व्यापार र पर्यटनमा लाखौंले रोजगारी गुमाएको अवस्थामा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडाैं- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोनाका कारण उद्योग, खुद्रा व्यापार र पर्यटनमा लाखौंले रोजगारी गुमाए पनि  उनीहरुका पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा साेमबार बोल्दै नेता थापाले वैदेशिक रोजगारमा रहेका लाखौंले नेपालीले रोजगारी गुमाएको अवस्थामा चमत्कारी सरकारले कही गर्न नसकेको आरोप लगाएका हुन्।

'कोरोना कालमा वैदेशिक रोजगारमा रहेका धेरैले जागिर गुमाए। दक्षिण कोरियाको भाषा तथा सीप  परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय र दुई हजार प्रतिबद्ध कामदार काठमाडौंमै यत्रतत्र छरिएर बसेका छन्। यिनीहरूका  पक्षमा चमत्कारी सरकारले केही गर्न सकेन', उनले भने।

फिलिपिन्स, मालदिभ्स, श्रीलंका, म्यानमारका सरकारले जस्तो गरेको भए नेपाली कामदारले तड्पिएर बस्नुपर्ने अवस्था सिर्जना नहुने उनले बताए।

प्रकाशित: Apr 12, 2021| 08:03 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।