आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् बैठकमा कविता वाचन– जनता रोइरहँदा हामी कसरी हाँस्न सक्छौं !

संसद् बैठकमा कविता वाचन– जनता रोइरहँदा हामी कसरी हाँस्न सक्छौं !

प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै एक सांसदले प्रतिनिधिसभाको बैठकमा कविता सुनाएकी छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै एक सांसदले प्रतिनिधिसभाको बैठकमा कविता सुनाएकी छन्।

आज सोमबारको बैठकको शून्य समयमा सांसद इन्दुकुमारी शर्माले कविता वाचन गरेकी हुन्।

यस्तो छ कविता

बालुवाटारबाटै विकासको मूल फुटेको सुनेर मेरो पनि आज जोश जाग्यो
संसदमा कविता बाचन सुनेर मलाई पनि कविता भन्न मन लाग्यो
जनताको भोटले दुई तिहाइको सरकार बनाएँ, सनकको भरमा संसद् विघटन गराएँ
मै हुँ संविधान मै हुँ कानुन मै हुँ राज्य भन्दैछन्, अझै पनि संसद् विघटन गर्ने दाउपेच बुन्दैछन्
संसद् विघटन ठिक हो भन्नेहरु, लाभको पद कहिले पाइन्छ भनेर दिन गन्नेहरु
सर्वोच्चले संसद् विघटनको निर्णय उल्टाइदिएको छ, संविधान र कानुनका पानाहरु पल्टाइदिएको छ
बुझेर पनि बुझ पचाएका छन्, जनतालाई सित्तैमा सताएका छन्
नैतिकताको खडेरी परेको छ, इमान धरम मरेको छ
सत्ता टिकाउन जसपाले ललिपप देखाउँदैछन्, झुटा आश्वास दिई फेरि मधेसीलाई फसाउँदैछन्
विश्वासको मत लिने ठाउँमा अझै नाटक गर्दैछन्, संसदलाई बिजनेस नदिएर भ्रमको खेती छर्दैछन्
बालुवाटारमा ककटेल पार्टी गर्दै हामी कसरी नाच्न सक्छौं, सारा जनता रोइरहँदा हामी कसरी हाँस्न सक्छौं 

 

प्रकाशित: Apr 12, 2021| 07:54 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।