आइतबार, भदौ १४, २०८३

पर्वतका ३२ वनमा आगलागी

गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन्। लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन्। पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ। 

जिल्ला वन कार्यलयको तथ्याङ्कअनुसार पर्वतका करीब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ। गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ। कार्यलयका अनुसार पर्वतमा वर्सेनि सयौँ हेक्टर जमीनमा आगलागी हुने गरेको छ। 

वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन्। डिभिवन वन कार्यलय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचक्क्र्याइँले गर्दा वनमा धेरै डढेलो लागेको हो। 

मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ। 

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ। आगलागी भएका वनमा सामुदायिक नै धेरै छन्। 'जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ । यसको नियन्त्रणका लागि कार्यलय सक्रियताका साथ लागेको छ,' पौडेलले भने। 

पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वनको सञ्जाल, स्थानीय प्रशासन र स्थानीय बासिन्दासँगको समन्वयमा आगलागी हुने वित्तिकै निभाउन जाने गरिएको बताए। पछिल्लो समय डिभिजन वन कार्यालयले माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट प्रचारप्रसारलाई तीव्रता दिएको जनाएको छ। रासस

प्रकाशित: Apr 12, 2021| 07:27 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।