आइतबार, भदौ १४, २०८३

कांग्रेसकाे नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मंसिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन्। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

पोखरा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मंसिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन्। 

नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका हुन्। 

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताए। 

उनले भने, ‘देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्वमा सरकार बनाइकन निर्वाचनमा जानु उत्तम उपाय हो।’

सरकारले विजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्त्वपूर्ण रहेको कोइरालाको भनाइ छ। 

कांग्रेसका लागि आगामी भदौमा हुने १४औं महाधिवेशन महत्त्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदवार नहुने स्पष्ट पारेका छन्। रासस

प्रकाशित: Apr 12, 2021| 07:07 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।