बर्दिया – बाघले मान्छेलाई आक्रमण गरेर सताइरहेको बर्दियामा हात्तीको पनि आक्रमण बढ्न थालेको छ।
आइतबार दिउँसो १ बजे हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हाे।
बगुवा सामुदायिक वनमा बाख्रा चराउन गएकी गेरुवा-१ की ६० वर्षीया भुन्टी बोहरालाई हात्तीले आक्रमण गरेको हो।
बोहराको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशीम थापाले जानकारी दिए। उनका अनुसार दुईवटा हात्तीले ती महिलालाई आक्रमण गरेको थियो।
पछिल्लो समय बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ।