आइतबार, भदौ १४, २०८३

एमालेमा लागेका माओवादीका चार प्रदेश सांसद पदमुक्त

 नेकपा माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने आफ्ना चारजना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

जनकपुरधाम - नेकपा माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने आफ्ना चारजना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ। 

माओवादी केन्द्रका ती प्रदेशसभा सदस्यहरू ओली नेतृत्वको नेकपा एमालेमा लागेपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाहीस्वरुप पदमुक्त गरेको हो। 

माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई कारबाही स्वरुप पदमुक्त गरिएको माओवादी केन्द्र प्रदेश २ को संसदीय दलका नेता भरत साहले जानकारी दिए। 

चारैजना प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइसकिएको उनले बताए।   

चारैजना एमालेतर्फ लागेपछि पार्टी केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो। २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि नदिएपछि उनीहरूलाई पदमुक्त गरिएको संसदीय दलका नेता साहले बताए। 

माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरू थिए भने चारजना कारबाहीमा परेपछि अब सातजना प्रदेशसभा सदस्य मात्रै छन्। 

यता माओवादी केन्द्रको कारबाहीमा परेकी प्रदेशसभा सदस्य ज्वाला साहले आफू विचारको राजनीति तथा पार्टी निर्माण प्रक्रियामा लागेकाले यो कारबाहीले केही फरक नपर्ने बताइन्। 

उनले भनिन्, ‘आफू कारबाही भोग्न तयार छु।’

प्रकाशित: Apr 12, 2021| 04:17 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।