आइतबार, भदौ १४, २०८३

प्रदेश २ : प्रदेशसभा बैठक ६ महिनापछि आज बस्दै

सत्तारुढ दलको आन्तरिक किचलोका कारण बस्न नसकेको प्रदेश २ को प्रदेशसभा बैठक आज बस्न लागेको छ। करिब ६ महिनाको लामो अन्तरालपछि सोमबार प्रदेश २ को प्रदेशसभा बैठक दिउँसो १ बजे बस्न लागेको हो। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

जनकपुरधाम - सत्तारुढ दलको आन्तरिक किचलोका कारण बस्न नसकेको प्रदेश २ को प्रदेशसभा बैठक आज बस्न लागेको छ। करिब ६ महिनाको लामो अन्तरालपछि सोमबार प्रदेश २ को प्रदेशसभा बैठक दिउँसो १ बजे बस्न लागेको हो। 

६ महिना भित्र प्रदेशसभा बैठक बस्नै पर्ने बाध्यात्मक व्यवस्थाका कारण प्रदेश सरकारले पाँचौं अधिवेशन सुरु गर्नका लागि प्रदेशसभा बैठक डाकेको हो। प्रदेशसभाको चौथो अधिवेशन कात्तिक ४ गते सम्पन्न भएको थियो।

संसद बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुंगो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए।

नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो।

पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ। अन्य विषयमा दलहरूसँग छलफल भइरहेको यादवले जानकारी दिए।

प्रकाशित: Apr 12, 2021| 03:49 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।