आइतबार, भदौ १४, २०८३

कांग्रेस बरिष्ठ नेता पौडेलका माहिला भाइको निधन

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएको छ।

चितवनको रत्ननगर बस्दै आएका पौडलका भाइ गोविन्दराज पौडेलको निधन भएको हो। सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले भाइको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन्।

'मेरा प्यारो माइलो भाइ गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ। हाम्रो परिवार र गाउँ समाजकै भरोसाका  रुपमा हेर्ने भाइ पछिल्लो समय चितवन रत्ननगरमा बस्दै आएका थिए', उनले लेखेका छन्।

उनले नातामा भाइ भए पनि आफ्नो साथि जस्तै भएको र सबै कुरा सहयोग गर्ने बताएका छन्।

'मेरो राजनीति जीवनकालमा सधै सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनले एक्लो भएको महशुस गरेको छु। प्रिय भाइ तिम्रो आत्माको चीर शान्तिको कामना', उनले लेखेका छन्।

प्रकाशित: Apr 12, 2021| 03:31 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।