आइतबार, भदौ १४, २०८३

पेट्रोल खन्याउँदै गर्दा ट्याङ्करमा आगलागी 

रुपन्देहीको गैंडहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउने क्रममा आगलागी भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

बुटवल - रुपन्देहीको गैंडहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउने क्रममा आगलागी भएको छ। आगलागीबाट लाखौं क्षती भएको प्रहरीले जनाएको छ।

आइतबार राती रुपन्देहीको गैंडहवा गाउँपालिका-७ स्थित नन्द नगरमा रहेको आशिष पेट्रोल पम्पमा आयल निगमको ट्याङ्करबाट तेल खन्याउँदै गर्दा ट्याङ्करको पाइप लिक भई ग्यास उत्सर्जन भएर आगलागी भएको हो।

निर्माणधिन उक्त पेट्रोल पम्पमा ट्याङ्करबाट एक्कासी आगलागी हुँदा ट्यांकर र ट्यांकरमा रहेको पेट्रोल जलेर नष्ट छ। 

आगलागी नियन्त्रण गर्न खोज्दा आशिष पेट्रोल पम्पका सञ्चालक राजकुमार चौधरीका भाई हेमन्त चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको इलाका प्रहरी कार्यलय सूर्यपुराले जनाएको छ।

प्रकाशित: Apr 12, 2021| 03:16 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।