काठमाडौं - आज प्रतिनिधि सभा बैठक बस्ने भएको छ। दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ।
बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको महासचिव भरतराज गौतमले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची छ। संसदमा सूचना प्रविधिलगायतका विधेयक पनि पेस हुने कार्यसूचीमा उल्लेख छ।
