काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ।
मस्तिष्कघातपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत मालीको आइतबार साँझ निधन भएको हो।
सोमबार उनलाई श्रद्धाञ्जली दिइने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए।
माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन्।