आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा ट्रयाक्टर दुर्घटना : मृत्यु भएका चारजनाको सनाखत

चितवनमा ट्रयाक्टर दुर्घटना : मृत्यु भएका चारजनाको सनाखत

पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदुर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदुर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ छन्। 

एकजना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन।  

थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना १ त ६२८२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो। 

ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका छन्। कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सातजनाको अवस्था  गम्भीर छ भने ११ जनाको अवस्था मध्यम छ। 

एकजनाको अवस्था सामान्य छ।

घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटना आइतबार साँझ ७ः३० बजे भएको हो। रासस

प्रकाशित: Apr 12, 2021| 01:19 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।