आइतबार, भदौ १४, २०८३

भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा

प्राचीन गुरुकुल पद्धतिलाई अनुशरण गर्दै राजधानीको भित्री भेगका ६० बालकलाई भद्रकाली मन्दिरको सत्तलमा लगातार तीन वर्ष तीन रातसम्म शिक्षादीक्षा दिइएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं - प्राचीन गुरुकुल पद्धतिलाई अनुशरण गर्दै राजधानीको भित्री भेगका ६० बालकलाई भद्रकाली मन्दिरको सत्तलमा लगातार तीन वर्ष तीन रातसम्म शिक्षादीक्षा दिइएको छ।

वटु नाट्येश्वर गुठीमा आबद्ध २०० परिवारका ६० बालकलाई आइतबार भद्रकाली मन्दिरको सत्तलमा यज्ञ गरी शिक्षा दीक्षा दिइएको हो। बालकहरू शिक्षादीक्षाका लागि शनिबार रात बस्ने गरी मन्दिरको सत्तलमा बास बसेका थिए। 

महर्जन र डङ्गोल थरका ६० बालकले तीन वर्षसम्म शिक्षादीक्षा पाएसँगै गुठीमा हुने गतिविधिमा भाग लिन पाउने भएका छन्। प्राचीनकालमा तीन वर्षसम्म भद्रकाली सत्तलमै बसेर शिक्षादीक्षा दिइन्थ्यो। आधुनिकतासँगै तीन वर्षका स्थानमा प्रत्येक वर्ष एक/एक रात राख्न थालिएको गुठीका उपसचिव दीपक महर्जनले जानकारी दिए।

बालकलाई गुठी राख्नकै लागि बनाइएको भद्रकाली सत्तल हाल विभिन्न नाममा अतिक्रमण भएकाले एक रात राख्न पनि मुस्किल हुन थालेको गुठीका अधिकारीको गुनासो छ। बालक तीन वर्षसम्म सत्तलमै बसेर शिक्षा,दीक्षा लिँदा चैत्रकृष्ण चतुर्दशीका दिन अभिभावक दूध चिउरा खुवाउन आउने गर्छन्।

बालकको तीन वर्षमा सकिने कर्म गत वर्षमै सकिनुपर्नेमा कोरोना महामारीका कारण बन्दाबन्दी गरिएपछि यसपटक समापन गरिएको हो। सङ्कटा र वटुको भद्रकालीलाई मूल भद्रकाली मन्दिरमा ल्याई जात्रासमेत गरिएको छ। भद्रकालीको आइतबार राति टुँडिखेलमा जात्रासमेत सम्पन्न गरिएको छ। रासस

प्रकाशित: Apr 12, 2021| 01:00 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।