आइतबार, भदौ १४, २०८३

१८ लाख ३५ हजारले लगाए कोरोनाविरुद्धको खोप 

नेपालमा १८ लाख ३५ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं-  नेपालमा १८ लाख ३५ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ। 

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कुल ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ। मन्त्रालयका 
सहप्रवक्ता समीरमणि अधिकारीले झण्डै १४ लाख मात्रा खोप स्टक रहेको र केही आउने क्रममा रहेको जानकारी दिए।

आगामी वैशाख ७ गतेपछि भने सुरु (माघ १४ गतेदेखि) मा खोप लगाएका व्यक्तिका लागि दोस्रो चरणको खोप लगाइनेछ। पहिलो चरणमा माघ १४ बाट फागुन १० सम्म खोप लिएका दोस्रो चरणमा सहभागी हुनेछन्। त्यसबेला चार लाख ३९ हजारलाई खोप लगाइएको थियो। 
दोस्रो चरणको खोप उनीहरुलाई नै लगाइने छ। उनीहरु सबै कोरोना संक्रममण रोकथामका लागि अग्रभावमा खटिएर काम गर्ने व्यक्ति हुन्।

जुन ठाउँबाट खोप लगाइएको थियो, कार्ड लिएर त्यही ठाउँमा गएर खोप लगाउन सरकारले अनुरोध गरेको छ। 

नेपाललाई सुरुमा भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो। त्यसपछि चीनले आठ लाख मात्रा भेरोसिल खोप दिएको थियो। कोभ्याक्स सुविधाबाट तीन लाख ४८ हजार मात्रा खोप आएको थियो। नेपाली सेनाले पनि एक लाख मात्रा ल्याएको छ। 

सरकारले प्रति मात्रा चार डलर तिरेर १० लाख मात्रा खोप ल्याइसकेको छ भने अब १० लाख मात्र ल्याउन बाँकी रहेको स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा. झलक गौतमले बताए।

सरकारले दोस्रो अभियानअन्तर्गत फागुन २३ गतेबाट ६५ वर्षमाथिका व्यक्तिका लागि खोप अभियान चलाएको थियो। नेपालमा अहिले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनीले उत्पादन गरेको ‘भेरोसिल’ खोप मात्र प्रयोगमा छ।

प्रकाशित: Apr 11, 2021| 16:13 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।