आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्रियाशील सदस्यता नबुझाउने जिल्लालाई महाधिवेशनमा भाग लिन नदिने कांग्रेसको तयारी 

क्रियाशील सदस्यता नबुझाउने जिल्लालाई महाधिवेशनमा भाग लिन नदिने कांग्रेसको तयारी 

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण तोकिएको मितिमा सफ्टवेयरमा इन्ट्री नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिन नदिने तयारी गरेको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण तोकिएको मितिमा सफ्टवेयरमा इन्ट्री नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिन नदिने तयारी गरेको छ।

चैत १० गतेसम्म सबै जिल्लाले क्रियाशील नभरेपछि थपिएको म्यादसमेत भोलि (सोमबार) सकिँदैछ। तर केही जिल्लाले अझै क्रियाशील सदस्यको विवरण भर्न थालेका छैनन्। क्रियाशील समयमै नआइपुग्दा भदौ ७ गतेदेखि तोकिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने भन्दै कांग्रेसले क्रियाशील सदस्यताको विवरण इन्ट्री नगर्ने जिल्लाहरुका हकमा कडा निर्णय गर्ने तयारी गरेको छ।

सोमबार बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधीकारीको बैठकमा यो विषयमा छलफल भएको छ।
‘आजको बैठक भोलिको केन्द्रीय समितिको ऐजेन्डा तय गर्ने विषयमा केन्द्रित रह्यो,’ बैठकमा सहभागी क्रियाशील छानबिन समितिका सदस्य जीवन परियारले भने, ‘क्रियाशील इन्ट्री गर्ने म्याद भोलि सकिँदैछ। अब म्याद थप्ने वा के गर्ने भन्ने विषयमा छलफल भयो।’ 

उनका अनुसार सोमबारको केन्द्रीय समिति बैठकले एउटा मिति तोक्ने र त्यो मितिमा समेत क्रियाशील विवरण इन्ट्री नगरे महाधिवेशनमा भाग लिन नपाउने निर्णय गर्न सक्ने छ।
‘यो विषय छलफलकै क्रममा छ। तर भोलिको बैठकले अब तोकिएको मितिमा क्रियाशील विवरण इन्ट्री नगरे महाधिवेशनमा भाग लिन नपाउने निर्णय गर्न सक्छ,’ उनले भने, ‘म्याद थपिरहने तर विवरण भने नभर्ने जस्तो भएको छ। केही कडा निर्णय नलिई नहुने स्थिति छ।’ 

हालसम्म सिन्धुपाल्चोकका स्थानीय तहको समायोजन नै हुन सकेको छैन। केन्द्रीय निर्वाचन समितिले सिन्धुपाल्चोकको समायोजनको फाइल अझै खोलेको छैन। स्थानीय तहको समायोजन नभई क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढ्न सक्दैन।
यस्तै सप्तरीले हालसम्म क्रियाशील सदस्यता फारम नै लगेको छैन। डोल्पा, सिरहा र बाराले अहिलेसम्म सदस्यता इन्ट्रीको काम थालेकै छैनन्। 

सोमबारको बैठकमा भौगोलिक समायोजनका सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले बुझाएको प्रतिवेदनका बारेमा समेत छलफल हुने परियारले जानकारी दिए। यस्तै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि विकसित घटना क्रम र प्रगतिका बारेमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई जानकारी गराउनेछन्।

प्रकाशित: Apr 11, 2021| 14:00 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।